सूचनाको शक्ति - The Power Of Information

        

फिफा वरीयतामा नेपालकाे सुधार

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयतामा १ स्थान सुधार भएकाे छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १ स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल ९ सय ६३ अङ्कका साथ १ सय ७४ औँ स्थानमा छ । यसअघि नेपाल १ सय ७५ औँ स्थानमा थियो ।

यसैबीच विश्व विजेता अर्जेन्टिना ६ वर्षपछि फिफा वरीयताकाे शीर्ष स्थानमा उक्लिएकाे छ । पछिल्लाे वरीयताअनुसार अर्जेन्टिना १ स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएकाे हाे । यसअघि अर्जेन्टिना दाेस्राे स्थानमा थियाे ।

गएकाे डिसेम्बरमा कतारमा भएकाे विश्व कपकाे उपाधि जितेकाे अर्जेन्टिना यसअघि सन् २०१७ मा शीर्ष स्थानमा थियाे । अर्जेन्टिना सन् २०१८ मा चाैथाे, २०१९ मा नवाैँ, २०२० मा साताैँ, २०२१ मा पाँचाैँ र २०२२ मा दाेस्राे स्थानसम्म उक्लिएकाे थियाे ।

फिफा वरीयताकाे दाेस्राे नम्बरमा कतार विश्व कपकाे उपविजेता फ्रान्स उक्लिँदा ब्राजिल तेस्राे स्थानमा झरेकाे छ । यस्तै बेल्जियम, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, क्राेएसिया, इटाली, पाेर्चुगल र स्पेन शीर्ष १० स्थानमा अटाएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १७:४८