सूचनाको शक्ति - The Power Of Information

        

महोत्तरीका युवाले पैसा बिछ्याएर टिकटक बनाएपछि…

पैसाको ओछ्यान बनाएर टिकटकमा भिडिओ हाल्ने युवकलाई प्रहरीले सचेत गराएको छ । पैसा बिछ्याएर सुतेको भिडिओ सामाजिक सञ्जालमा देखिएपछि प्रहरीले ती युवकलाई बोलाएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

‘गुनासो आएपछि हाम्रो ध्यानाकर्षण भयो । खोजी गरी को हो भन्ने पत्ता लगायौं । बोलाएर सचेत गराएका छौं,’ उनले भने । महोत्तरी बर्दिबास–१ स्थायी घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने बस्ने Fi_Venom99 ID प्रयोगकर्ता सुलभ आचार्यलाई प्रहरीले बोलाएको हो ।

प्रहरीले सोधपुछ गर्दा उनले विदेश पढ्न जानका लागि कलेजलाई बुझाउन पर्ने पैसा रमाइलो गर्न खाटमा बिछ्याएर भिडिओ बनाएको बताएका छन् । अबदेखि त्यस्ता खालका भिडिओ बनाएर अपलोड नगर्ने शर्तमा आचार्यलाई छाडिएको डिएसपी साहको भनाई छ । उनीमाथि प्रहरीले केहीदिन निगरानी राखिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १७:३७