सूचनाको शक्ति - The Power Of Information

        

ब्रा सानो किनिदिएको भन्दै विवाह भएको ११ घण्टामै डिभोर्स

विवाहमा महिलाले भित्री लाउने ब्रा सानो किनिदिएको भन्दै महिलाले सम्बन्धविच्छेदको माग गरेकी छिन् । उनीहरुको विवाह भएको ११ घण्टासमेत पुग्न नपाउँदै ती महिलाले सम्बन्धविच्छेदको माग गरेको समाचारमा भनिएको छ ।

ती केटीले आफुले लाउने भित्री लुगा ब्राको साइज थाहा हुँदाहुँदा पनि आफ्नो अपमान गरी सानो ब्रा किनिदिएको आरोप लगाउँदै ती महिला आफ्ना श्रीमानसँग सम्बन्धविच्छेदको माग गरेको बताइएको छ ।

उनीहरु दुवै जनाले कानुनी विवाह पहिले नै गरिसकेको थियो भने चिनको त्यो ठाउँको संस्कार अनुसार भर्खरै मात्र विवाह भएको छ । गुइझाओ प्रान्तमा रित अनुसार विवाह गरेको ११ घण्टा नपुग्दै याङ र बेहुली लुओबीच विवाद चर्किएको हो ।

विवाहमा भित्री वस्त्र किनिदिने उनीहरुको संस्कार चलन रहेको बताइएको छ । लुओले ब्राको साइज सानो भएको बताएपछि याङले विवाह गर्न मन छैन भने पैसा फिर्ता देउ भनेर धम्क्याएको लुओको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १३:२४