सूचनाको शक्ति - The Power Of Information

        

‘नाइँ नभन्नु ल ६’ को `तलाउमा ढुङ्गा नहान´ रिलिज (भिडियो)

नयाँ वर्षको छेकोलाई प्रदर्शन हुने फिल्म ‘नाइँ नभन्नु ल ६’ को दोश्रो गीत सार्वजनिक गरीएको छ ।

विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ६’को मंगलबार  रिलिज गरीएको गीत ‘तलाउमा ढुङ्गा नहान ’ मा राजनराज शिवाकोटी  र मेलिना राई स्वर छ भने वसन्त सापकोटाको शब्द र संगीत गीतमा समावेश गरीएको छ।

फिल्ममा आंचल शर्मा, आशिर्वाद छेत्री, अर्थव उप्रेती, अनुभव रेग्मी, प्रियंका कार्की, केकी अधिकारी लगायतको फिल्ममा अभिनय रहेको छ ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मको विकासराज आचार्य र विष्णुमणि दाहाल निर्माता हुन्, भने कार्यकारी निर्मातामा सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान रहेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार ०८:३४