सूचनाको शक्ति - The Power Of Information

        

ओलम्पिक छनोट महिला फुटबलमा भियतनामद्वारा नेपाल पराजित

-पेरिस ओलम्पिकका लागि महिला फुटबल छनोटको पहिलो खेलमा नेपाललाई भियतनामले हराएको छ ।

दशरथ रंगशालामा बुधबार बेलुकी सम्पन्न खेलमा नेपाल भियतनामसँग ५–१ ले पराजित भएको हो ।

भियतनामले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल गरेको थियो । नेपालका लमगि सावित्रा भण्डारीले एक गोल फर्काएकी थिइन् ।

खेलको ११ औं मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् । ३६ औं मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दै भियतनामलाई दोब्ब्र अग्रता दिलाइन् । ३८ औं मिनेटमा एनगुएन थि बिच थुएले गोल गर्दै भियतनामलाई ३–० को अग्रता दिलाइन् ।

४८ औं मिनेटमा थि लोनको क्रसमा कप्तान न्हुले हेडरमार्फत गोल व्यक्तिगत दोस्रो गोल गरेपछि भियतनाम ४–० ले अघि रह्यो । ७९ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई ४–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा एनगुएन थिले गोल गर्दै भियतनामलाई ५–१ को जित दिलाईन् ।

छनोटको समूह ‘सी’ मा रहेको नेपालले अब शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ ।

प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । समग्रमा अघि रहने टोलीले यस समूहबाट दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार ०८:१२