सूचनाको शक्ति - The Power Of Information

        

समय सकिँदै, पुँजी नबढाए के हुन्छ ?

बिमा क्षेत्रको नियामकीय निकाय बिमा प्राधिकरणले बिमा कम्पनीलाई चुक्ता पुँजी बढाउन दिएको समय सकिँदैछ ।

बिमा प्राधिकरणले अघिल्लो चैतमा जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवनतर्फ साढे २ अर्ब रूपैयाँ पुर्‍याउन निर्देशन दिएको थियो । यसका लागि उनीहरूलाई एक वर्ष (२०७९ चैत मसान्त) सम्मको समय दिएको थियो ।

चुक्ता पुँजी पुर्‍याउन धेरै कम्पनीहरू मर्जरमा गएका छन् । पछिल्लो विवरणअनुसार विभिन्न २९ कम्पनी मर्जर तथा एक्विजिसनमा गएका हुन् । यसमध्ये केहीले संयुक्त कारोबार सुरू गरिसक्दा केही भने बाँकी छन् । चुक्ता पुँजी वृद्धिका लागि मर्जरमा गएकामध्ये पनि कतिपयको पुग्न सकेको छैन् ।

मर्जरमा गएका कम्पनीमध्ये १२ निर्जीवन बिमा कम्पनी ६ वटा बनेका छन् । जसमध्ये ८ कम्पनी ४ वटामा झरेर एकीकृत कारोबार पनि सुरू गरिसकेका छन् भने अन्य चार कम्पनी मर्जर प्रक्रियामा छन् । यस्तै, जीवन बिमातर्फ ९ कम्पनी ४ वटा बनेका छन् ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार ०७:४८