सूचनाको शक्ति - The Power Of Information

        

लामो समयपछि शेयर बजार सामान्य बढ्यो

पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज भने सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ३९ अंकले बढेर एक हजार ८ सय ७५ दशमलव शून्य सात बिन्दुमा पुगेको छ । आज उत्पादन र निर्जीवन बीमा बाहेक अरु समूहको शेयर सामान्य बढेको छ ।

बजार सामान्य बढे पनि कारोबार रकममा भने सुधार आएको छैन । २ सय ६२ वटा कम्पनीका २६ लाख दुई हजार कित्ता शेयर ८१ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टकाे ६ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै कालीञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशत तथा लक्ष्मी लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरको शेयर साढे चार प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १८:५७