सूचनाको शक्ति - The Power Of Information

        

सिक्किममा हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको ज्यान गयो

सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिराेमा परेर अन्य १३ जना घाइते भएका छन् ।

हिजो मङ्गलवार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको सिक्किम सरकारले विज्ञप्ति निकालेर पुष्टि गरेको छ ।

ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन् ।  यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेका छन् । गीता सापकोटा, ज्वोती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ ।

हिमपहिरोमा चार सयभन्दा धेरै पर्यटक फसेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार ०८:१८