सूचनाको शक्ति - The Power Of Information

        

अप्ठेरोमा रविः तीन जनाको दाबी विरोध, एउटा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध तीन वटा दाबी विरोध र एउटा उजुरी परेको छ ।

सोमबार भएको उम्मेदवारी दर्ताविरुद्ध मंगलबार तीन जना उम्मेदवारले रवि उम्मेदवार बन्न योग्य नरहेको भन्दै दाबी विरोधको सूचना दर्ता गराएका हुन् ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरीले दाबी विरोधको सूचना दर्ता गराएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवारका प्रतिनिधि शिवबहादुर सुवेदीले दाबी विरोध गरेका हुन् ।

त्यस्तै, रविविरुद्ध उजुरी दिँदै आएका युवराज पौडेल सफलले उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दिएका छन् ।

रविमाथि उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको छ । बुधबार दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बताएका छन् ।

यता सफलले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ बुधबार नै हुँदैछ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १८:३९