सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ८ हजार रुपैयाँ रहेको सुनको भाउ आज लाख ९ हजार रुपैयाँमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको पनि भाउ बढेको छ ।

तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपेयाँमा पुगेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १८:३७