सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा खुल्ला साइक्लिङ प्रतियोगिता हुँदै

बाँकेमा पहिलोे पटक खुल्ला साइक्लिङ प्रतियोगिता हुन लागेको छ ।

‘स्वस्थ जीवन स्वच्छ वातावरण तथा आन्तरिक पर्यटक प्रबर्धन गरौं’ भन्ने मुल नाराका साथ कोहलपुर देउराली साइक्लिङ क्लबको आयोजनामा बाँकेमा पहिलोे पटक खुल्ला साइक्लिङ प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता नयाँ वर्षको अवसरमा कोहलपुर चौराहदेखि देउरालीसम्म करिब १ सय ५० भन्दा बढि पुरुष र महिलाको सहभागितामा दुई वटा समूहमा खुल्ला साइक्लिङ प्रतियोगिता हुने क्लबका सचिव अमित पाठकले बताए ।

प्रतियोगितामा बाँकेका सबै पालिकाबाट सहभागि हुनेछन् । कोहलपुर नगरपालिका–११ कृषि चोक नजिकै रहेको यति साइकल स्टोरमा आफ्नो टिम दर्ता गराउन सकिनेछ ।

प्रतियोगितामा भाग लिने व्यक्तिहरुले टिम दर्ता गराउँदा मात्र १ सय रुपैया लाग्नेछ । प्रतियोगिता बाहेक फोन रेसिङ्ग साइक्लिङ समेत गर्न सकिनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोसो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार पुरस्कार सहित प्रमाण पत्र दिइने सचिव पाठकले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १८:२५