सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा बुधवार कोभिड विरुद्धको बुस्टर खोप लगाइने

नेपालगञ्ज उपमहानगरपालिकामा बुधवार कोभिड १९ विरुद्धको बुस्टर खोप लगाइँदैछ । २३ वटै स्वास्थ्य संस्थाबाट फाइजर बाइभ्यालेन्ट खोप दिन लागिएको हो ।

कोभिड १९ विरुद्धको पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिला पुगेकोलाई पहिलो बुस्टर र पहिलो बुस्टर मात्रा पूरा गरेको ६ महिना पुगेकोलाई दोस्रो बुस्टर दिने स्वास्थ्य कार्यालय बाँकेको पत्र बमोजिम भोलि खोप लगाउन थालिएको जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।

५५ बर्ष माथिका पहिलो बुस्टर लिन बाँकी रहेकालाई पहिलो बुस्टर मात्रा, स्वास्थ्यकर्मीहरु, १२ बर्ष माथिका दीर्घ रोगीहरु, गर्भवती र रोगको प्रतिरोध क्षमता कम भएका व्यक्तिहरुलाई पनि पहिलो बुस्टर मात्रा तथा यदि उल्लेखित लक्षित समूहले पहिलो बुस्टर लगाएको ६ महिना पूरा भएको छ भने दोस्रो बुस्टर डोज लगाइने बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १८:२२