सूचनाको शक्ति - The Power Of Information

        

किन झस्किए पूर्वगृहमन्त्री बालकृष्ण खाण ?

शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा एजेन्टहरु पक्राउ परेपछि केही नेता तथा प्रशासकहरु डराएका छन् । आफुहरुमाथि समेत अनुसन्धान पुग्न सक्ने उनीहरुको चिन्ता छ । पूर्वगृहमन्त्री बालकृष्ण खाण पनि डराएर प्रहरीलाई बोलाएर निर्देशन दिन थालेका छन् ।

एजेन्टहरुले डेढ करोड रुपैयाँ उनी गृहमन्त्री हुँदा बुझाएको बताएपछि खाण झस्किएका हुन् । त्यतिबेला शरणार्थीसम्बन्धी प्रतिवेदन कार्यान्वायनका लागि उपसमिति गठन गरिएको थियो । त्यसका लागि डिल भएको स्रोत बताउँछ । एजेन्टहरुले तत्कालीन गृहमन्त्री खाण र तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलाई प्रभावमा पारेका थिए ।

पाण्डे र हाल पक्राउ परेका सानु भन्डारीको त निकटतम सम्बन्ध नै देखिएको छ । रामबहादुर थापा गृहमन्त्री हुँदा यो अपराधको योजना बनेको थियो । उनका सल्लाहकार इन्द्रजित राईले एजेन्टहरूलाई सघाएका थिए भने उनका छोरा निरज राई तथा बादलका छोरा प्रतिक थापाले त एजेन्टबाट लाभ नै लिएको स्रोत बताउँछ ।

त्यस्तै, त्यतिबेला गृह मन्त्रालयको शाखा अधिकृत रहेका दीपक न्यौपाने पनि छानबिनको दायरामा छन् । करोडौं ठगी भएको यो घटनाको अनुसन्धानमा प्रहरीलाई पनि प्रभाव पार्ने प्रयास भइरहेको छ । त्यसकारण प्रहरीले गम्भीरताका साथ अनुसन्धान नगरेको एक पीडित बताउँछन् ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १५:५६