सोसल ब्लगिङ साइट ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको छ । उसले निलो चराको स्थानमा कुकुरलाई आफ्नो लोगो बनाएको छ । ट्विटरको स्वामित्व आफ्नो हातमा आएपछि अमेरिकी अर्बपति एलन मस्कले लोगो परिवर्तन गर्ने आश्वासन दिएका थिए ।
उनले त्यो कुरा मंगलबार पुरा गरेको मिडियाहरूले बताएका छन् । उनले ट्विटमार्फत् भनेका पनि छन्, ‘मैले आफ्नो वचन पुरा गरेको छु ।’ मस्कले गत अक्टुबरमा ट्विटर किनेका थिए । यसपछि उनले एकपछि अर्को परिवर्तन गर्दै आइरहेका छन् ।
सर्वप्रथम उनले निलो टिकको लागि शुल्क लिने घोषणा गरेका थिए । उनले कर्मचारी कटौती पनि गरेका थिए, जसमा सीईओ भारतीय मूलका पराग अग्रवाल पनि समावेश थिए । ट्विटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएपछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित छन् ।
लामो समयदेखि ट्विटरको लोगोको रूपमा निलो चरा देखेका प्रयोगकर्ताले कुकुर लोगो बनाइएपछि अचम्म मानेका छन् । उनीहरूले प्रश्न पनि उठाएका छन् । अहिले ट्विटरमा ह्यास ट्याग डग चर्चामा छ । प्रयोगकर्तालाई सुरुमा आफ्नो ट्विटर ह्याक भयो कि भन्ने डर लागेको थियो तर मस्कको ट्विट आएपछि सबै कुरा स्पष्ट भयो ।
ट्विटरका मालिक एलोन मस्कले यसबारे चर्चा गरेका छन्, त्यसपछि यो विश्वास गरिएको छ कि डग्गी ट्विटरको नयाँ लोगो हुनेछ । सोमबार रातीदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्विटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थालेका हुन् । प्रयोगकर्ताहरूले सोचे कि कसैले ट्विटर ह्याक गरेको छ । तर त्यसको केही समयपछि एलोन मस्कले ट्वीटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट पारेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं