सूचनाको शक्ति - The Power Of Information

        

‘ए’ डिभिजन लिगमा दुई खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबार दुई खेल हुँदैछन् ।

च्यासल मैदानमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

एनआरटी आज पहिलो जितको खोजीमा हुनेछ भने चर्च ब्वाइज चौंथो जितको खोजीमा हुनेछ ।

एनआरटी २ अंक जोडेर १३ औं स्थानमा रहेको छ । यस्तै, चर्च ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसैगरी, एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच दिउँसो २ बजे नै प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल चौंथो जितको योजनामा हुनेछ भने सातदोबाटो पाँचौं जितको खोजीमा हुनेछ ।

जावलाखेल १० अंक जोडेर चौंथो स्थानमा रहेको छ । यस्तै, सातदोबाटो १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार ०८:२५