सूचनाको शक्ति - The Power Of Information

        

फिल्म `बहाव´ को दोश्रो गीत `बहाव यि मनका´ रिलिज (भिडियो)

फिल्म ‘बहाव’ को दोश्रो गीत सार्वजनिक गरीएको छ ।

चैत्र २४ गतेलाई रिलिज मिति तोकिएको फिल्मको गीत आज रिलिज गरीएको हो । ‘बहाव यी मनका’ बोलको गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र बिषय आचार्यको एरेन्ज रहेको छ ।

गीतमा फिल्मका प्रमुख पात्रहरू कथाको भावनालाई प्रस्तुत गरिएको छ

जिज्ञासा, विचार अनि यथार्थको कथा बोल्ने फिल्ममा नायिका सुरक्षा पन्त मुख्य भूमिकामा रहेकी छन् फिल्मलाई प्रमोद कंडेलले निर्देशन गरेका हुन् ।

संचारकर्मी श्रीधर पौडेलले निर्माण रहेको फिल्ममा सुरक्षाको अलावा  कमलमणी नेपाल, अफ्रान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हिरालाल कंडेल र पवन श्रेष्ठको अभिनय छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार ०८:२३