आँचल शर्मा बोल्न सिपालु अभिनेत्री पनि हुन् । तर बोल्दा बोल्दै कहिलेकाही उनी चिप्लने गर्छिन् । के बोल्न हुने र के बोल्न नहुने, त्यो ख्याल राख्दिनन् ।
त्यसैले पनि बोलीको कारण उनी बेलाबेलामा आलोचित बन्दै आएकी छन् । अहिले पनि उनको आलोचना हुन थालेको छ । यतिबेला उनको आलोचनाको विषय प्रकाश सुवेदीसँग दिएको एक अन्तवार्ता हो ।
जसमा उनले भलिबल खेलाडी सिपोरा गुरुङको विगत कोट्याएकी छन् । कार्यक्रममा आँचललाई सिपोरा गुरुङलाई कसरी चिन्नुहुन्छ ? भनेर तस्वीर देखाएर प्रश्न राखिएको थियो । जसमा उनले सिपोरालाई भलिबल खेलाडी र उदिपको पूर्व प्रेमिका भनेकी छन् ।
सञ्चालकले बोलचाल हुन्छ भन्दा भनेर फेरि प्रश्न राख्दा उनले आफूसँग त्यति ठूलो मुटु नभएको र आफ्नो श्रीमानको पूर्व प्रेमिकासँग कसरी सम्बन्ध बनाउन सकिन्छ भन्ने जवाफ दिएकी छन् । उदीप श्रेष्ठ आँचलका श्रीमान् हुन् ।
उनी सिपोराको प्रेममा समेत थिए भन्ने कुरो हालसम्म मिडियामा नआएको बिषय हो । तर, आँचलले भने मिडियाको कार्यक्रममार्फत सबै कुरो खोलिन् । यो कुरोमा उदीपलाई आपत्ति नहोला । सिपोराले आपत्ति जनाउँछिन् वा जनाउँदिनन्, त्यो उनको बिषय हो । तर सिपोराको व्यक्तिगत बिषय उनले मिडियामार्फत खुलासा गरेकी छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं