नेपाल भारत सीमावर्ती क्षेत्रमा दुई समूहबीच झडप हुँदा गोली चलेको छ । नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिकै भारतको जोगबनी–४ टिकुलिया बस्तीमा दुई समूहबीच गोली हानाहान भएको हो ।
प्रहरी स्रोतका अनुसार सोमबार बिहान ४ बजे भारतीय लागूऔषध कारोबारीबीच गोली हानहान भएको थियो । एउटा समूहको प्रहारबाट अर्को समूहका सदस्य टिकुलिया वस्तीका ३७ वर्षीय अंकित सिंह घाइते भएका छन् । उनको मुखमा गोली लागेको प्रहरीकोे भनाई छ ।
भारतीय नागरिक सिंहको विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ । सिंह खतरामुक्त रहेको अस्पतालले जनाएको छ । प्रहरी स्रोतका अनुसार गोली प्रहार गर्ने र घाइते दुवै लागूऔषध कारोवार गर्ने गिरोहका सदस्य हुन् । भारतीय क्षेत्रमा घटना भएका कारण नेपाल प्रहरीले प्रतिक्रिया जनाएको छैन ।
सत्यपाटी संवाददाता । विराटनगर