सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेविरुद्ध सर्वाेच्चमा रिट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको छ । लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध आज अदालतमा रिट परेको हो ।

सो निर्णयविरुद्ध युवराज सफलले रिट दायर गरेका हुन् । रिट दर्ता हुने प्रक्रियामा छ । आज दर्ता भएको रिटको सुनुवाई भोलि हुने सर्वाेच्च स्रोतले जनाएको छ । युवराजले हिजो लयाएको रिटलाई सच्याएर आज फेरि दर्ता गर्न ल्याएका हुन् ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए । चैत ६ गते भएको सो निर्णयविरुद्ध रिट दायर परेको हो । लामिछानेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ मा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १५:२९