सूचनाको शक्ति - The Power Of Information

        

पेटको बोसो सजिलै हटाउन चाहनुहुन्छ ? यी चरणहरू पालना गर्नुहोस्

कसैलाई मोटो हुन मन पर्दैन । प्रायः सबै मानिसहरू स्लिम र पातलो हुन रुचाउँछन् । तर, आधुनिक जीवनशैली र खानपानमा लापरवाहीका कारण मानिसहरु मोटोपनाको सिकार हुने गरेका छन् । त्यसोभए आफ्नो शरीरको तौल कसरी घटाउने ?

१) दिनको सुरुमा कागती पानी – शरीरको अनावश्यक बोसो घटाउन चाहनुहुन्छ भने हरेक दिन कागती पानीले सुरु गर्नुहोस् । यसले पेटमा जम्मा भएको अतिरिक्त बोसो घटाउन र मेटाबोलिज्मलाई स्वस्थ राख्न मद्दत गर्छ ।

२) मिठाईबाट टाढै रहनुहोस् – मोटोपना घटाउन चाहनुहुन्छ भने चिनी वा मिठाईबाट टाढा रहनुहोस् । मिठाई र तेलयुक्त खानेकुराले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्रा जस्ता शरीरका विभिन्न भागमा जम्मा हुन्छ र लामो समयसम्म रहन्छ ।

३) प्रशस्त पानी पिउनुहोस् – मोटोपना घटाउन प्रशस्त पानी पिउनुहोस् । यो मोटोपना घटाउने सजिलो, सस्तो र सजिलो उपाय हो । पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ ।

४) काँचो लसुन खानुहोस् – बिहान उठ्ने बित्तिकै खाली पेटमा काँचो लसुन खाने बानी बसाल्नुहोस् । यसले शरीरलाई पनि धेरै फाइदा गर्छ । लसुनको २–३ वटा दाना बिहान नियमित रुपमा चपाएर कागती मिसाएर तातो पानी पिउनाले बोसो घटाउन मद्दत गर्छ ।

५) माछा र मासु नखानुहोस् – माछा र मांसाहारी खाना पनि मोटोपनाको कारण हो । यसको अत्याधिक सेवनले विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । त्यसैले यस्ता खानेकुराबाट बच्नुपर्छ ।

६) धेरै तरकारी खाने – प्रायः मानिसहरु धेरै भात वा रोटी र तरकारी कम खाने गर्छन् । तर यदि तपाईंले आफ्नो आहारमा प्रशस्त फलफूल र तरकारीहरू समावेश गर्नुभयो भने, यसले मोटोपना कम गर्न सक्छ र तपाईंको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यसले पेट भर्नुका साथै एन्टिअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्रदान गर्छ ।

७) मसलायुक्त खाना कम खानुहोस् – खाना पकाउँदा मसलाको प्रयोग कम गर्नाले तौल नियन्त्रण गर्न सकिन्छ । मसलामा दालचीनी, अदुवा र खुर्सानीको प्रयोग गरेमा यी मसलाले इन्सुलिन क्षमता बढाएर चिनीको मात्रा घटाएर स्वास्थ्यलाई पनि फाइदा पु¥याउँछ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १२:०८