इंग्लीश प्रिमियर लिग क्लब चेल्सीले आइतबार प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ ।
क्लबले लगातार खराब प्रदर्शन गर्दै तालिकाको एघारौं स्थानमा झरेपछि पोटरलाई ७ महिनामै बर्खास्त गरेकाे हो । गत सेप्टेम्बरमा थोमस टुचेलले क्लब छाडेपछि पोटरले चेल्सीको प्रशिक्षण समालेका थिए ।
पोटर बर्खास्त भएसँगै चेल्सीले अब नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ ।बायर्न म्युनिखका पूर्वप्रशिक्षक जुलियन नागेल्सम्यान, फ्रान्सका जिनेदिन जिदान र अर्जेन्टिनाका माउरिसियो पोचेटीनो लगायतलाई चेल्सीका सम्भावित प्रशिक्षकको रुपमा हेरिएको छ ।
उता प्रिमियर क्लब लेष्टर सिटीले पनि आइतबार नै प्रशिक्षक ब्रेन्डन रोजर्सलाई बर्खास्त गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ