सूचनाको शक्ति - The Power Of Information

        

पाल्पा-बुटवल सडकखण्ड दैनिक नौ घण्टा बन्द हुने

 शुरु गरेको र माथिवाट खुकुला ढुंगाहरुको पहिरो झरेर कार्य गर्न जोखिम भएकाले बाटो बन्द गर्नु परेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख प्रदिप निरौलाले जानकारी दिनुभयो ।

राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा दुर्घटनाको उच्च जोखिम हुने हुँदा चैत २१ गते मंगलबार विहान ११ बजे देखि अपराह्न २ बजेसम्म र राती १० बजे देखि विहान ४ बजेसम्म अर्को सूचना प्रकाशित नभएसम्म सडक बन्द हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बस्तोलाले बताउनुभयो ।

सो समयमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा अवरोध नहुने बताईएको छ । यसअघि पनि फागुन १३ गतेदेखि १५ दिन दिउँसो र रातिको समयमा दैनिक ८ घण्टा राजमार्ग बन्द गरी काम गरिएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ०७:१५