सूचनाको शक्ति - The Power Of Information

        

आइपिएल: आरसिबीको सानदार सुरुवात

इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोर (आरसिबी) ले सानदार सुरुवात गरेको छ। आइतबार राति घरेलु मैदानमा बेंगलोरले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको हो।

कप्तान फाफ डुप्लेसीस र विराट कोहलीले सानदार साझेदारी गरेपछि आरसिबीले मुम्बईले दिएको १७२ रनको लक्ष्य २२ बल बाँकी हुँदै २ विकेट गुमाएर पुरा गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले खराब सुरुवातका बाबजुत तिलक बर्माको ८४ रनको विष्फोटक इनिङमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रनको प्रतिस्पर्धात्मक स्कोर तयार गरेको थियो।

जवाफमा आरसिबीले सानदार सुरुवात गर्यो। डुप्लेसीस र कोहलीले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेका थिए। डुप्लेसीस ४३ बलमा ७३ रनमा आउट हुँदा कोहली ४९ बल खेल्दै ८२ रनमा अविजित रहे।

त्यस्तै ग्लेन म्याक्सवेल ३ बलमा १२ रन बनाएर अविजित फर्किएका थिए।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ०७:०१