सूचनाको शक्ति - The Power Of Information

        

नेप्सेमा २० अंकको गिरावट, सबै उपसूचक राताम्मे

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा २० अंककाे गिरावट आएको छ । आइतबार नेप्से  घटेर १८८८.५५ बिन्दुमा ओरालो लागेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक घटेको छ । आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ७१ लाख रूपैयाँकाे काराेबार भएकाे छ ।

नेप्सेका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ । त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

आज नेप्सेमा गिरावट आए पनि कालिञ्चोक दर्शन कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ । तर यता स्वाभिमान लघुवित्तको शेय रमूल्य ९.६१ प्रतिशत घटेको छ ।

आइतबार कारोबारमा एनआइसी एशिया बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतवार १७:४४