सूचनाको शक्ति - The Power Of Information

        

इजरायलमा विवादास्पद कानूनको विरूद्धमा लाखौं नागरिक सडकमा

सरकारले ल्याउन लागेको विवादास्पद कानूनको विरुद्धमा इजरायलमा लाखौं नागरिक प्रदर्शनमा उत्रिएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्यायपालिका सम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुदेखि नै इजरायलमा विरोध भइरहेको हाे । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्ला दिनका आन्दोलनमा १ लाख ५० हजार भन्दा बढी नागरिक सहभागी रहेको बताएका छन् ।

प्रदर्शनको विपक्षी दल र अभियन्ताहरूले नेतृत्व गरिरहेका छन् । प्रदर्शनकै क्रममा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्री नेतान्याहुले न्यायपालिका कमजोर हुने गरी कानूनी संशोधनको तयारी गर्नुभएकाे थियाे । उक्त विरोधमा निरन्तर नागरिकहरू त्यहाँको शहर तेल अभिभमा प्रदर्शनमा उत्रिएका छन् ।

गत सोमबार प्रधानमन्त्री नेतान्याहुले संसदमा कानून परिमार्जनको प्रस्ताव अघि बढाउन आह्वान गर्दै रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि आन्दोलन थप सशक्त भएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतवार ०८:५९