नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ ।
पार्टी कार्यालय सानेपामा आइतबार बिहान १० बजे बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनसार बैठकमा उपनिर्वाचनका सन्दर्भमा छलफल हुने छ । बारा–२ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा बैठकले निर्णय लिनेछ ।
यसअघि, कांग्रेसले तनुहँ–१ मा गोविन्द भट्टराई र चितवन–२ ममा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
उपनिर्वाचनको तयारीका लागि केही नेतालाई बैठकले जिम्मेवारी दिनेछ ।
बैठकमा सरकारमा सहभागिताको विषयमा आन्तरिक विवादबारे पनि छलफल हुने बुझिएको छ । सत्ता गठबन्धनमा कांग्रेसले पाएको ८ मन्त्रालयमा तीन मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने भन्दै शेखर कोइराला गगन थापासमूहले मन्त्रीको नाम पठाएको छैन ।
बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुनेछ ।
सत्यपाटी संवाददाता । काठमाडौँ