मदिराको नशामा ४७ वर्षीय नेपालीले पुरूषले निकै अनौठो काम गरेका छन् । उनले नशाको तालमा यति जोखिमपूर्ण काम गरे कि यसका कारण उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।
वास्तवमा, पानी खाने गिलास ती व्यक्तिको मलद्वारमा गयो । ती मानिसको शल्यक्रिया गरी गिलास निकालियो । गिलास तीन दिनसम्म यी व्यक्तिको मलद्वारमा अड्किएको थियो ।
यो अनौठो केसबारे नेपाल मेडिकल एसोसिएसनको जर्नलमा रिपोर्ट प्रकाशित भएको छ । यस रिपोर्टका अनुसार सुरुमा ती व्यक्तिले भूलवश गिलास भित्र गएको बताएका थिए ।
त्यसपछि उनले आफूले मादक पदार्थ सेवन गरेको र यौन सन्तुष्टिका लागि यस्तो गरेको स्वीकार गरे । रिपोर्टका अनुसार ती व्यक्तिले दुई दिनसम्म दिसा गर्न सकेनन् ।
उनी दुई दिनदेखि असह्य पीडामा थिए । तर, उनले पाद्न भने सक्षम थिए । तर, सौभाग्यवश उनको रगत बगेन । त्यसपछि डाक्टरले व्यक्तिको एक्सरे गरे ।
उनीहरुले गिलास निकाल्ने प्रयास पनि गरे । तर, यो मलद्वारभित्र उल्टो स्थितिमा थियो । त्यसपछि डाक्टरहरूले एक्सप्लोरेटरी ल्यापरोटोमी सर्जरी गरे । यो सर्जरी पेटको लागि गरिन्छ ।
तर, त्यो पनि असफल भयो । त्यसपछि डाक्टरहरूले एन्टरोस्टोमी शल्यक्रिया गरे । यसपछि डाक्टरहरूले सफलतापूर्वक गिलास निकाले । यो शल्यक्रियापछि व्यक्तिलाई सात दिनसम्म अस्पतालमा राखिएको थियो ।
करिब दुई महिनाको फलोअपपछि डाक्टरले उक्त व्यक्ति पूर्णतया निको भएको बताए । डाक्टरहरूले लगातार व्यक्तिको स्वास्थ्य निगरानी गरिरहेका थिए । यी व्यक्तिको बारेमा विस्तृत विवरण दिइएको छैन ।
उनको उपचार भएको अस्पतालबारे पनि रिपोर्टमा उल्लेख छैन । तर, यो केस रिपोर्ट लेख्ने डाक्टरहरूमध्ये एक डा.अनामिका नेपाल शंकरापुर हस्पिटल प्रालिमा कार्यरत रहेको रिपोर्टमा उल्लेख छ ।
यो रिपोर्ट लेख्ने अन्य तीन डाक्टरहरू डा.शैलेश महर्जन, डा.अनुप चालिसे र डा.आशिषप्रसाद राजभण्डारी नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत रहेको उल्लेख भएकोले ती व्यक्तिको उपचार यिनै दुई अस्पतालमा भएको हुन सक्ने सम्भावना छ ।
सत्यपाटी संवाददाता । काठमाडौं