सूचनाको शक्ति - The Power Of Information

        

रेशम जेलमा, रञ्जिता सिंहदरबारमा

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन् ।

नाउपाक संरक्षक रेशम चौधरीको रिहाइ विना रञ्जिता सरकारमा सहभागी भएकी हुन् । टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी डिल्लीबजार कारागारमा छन् ।

नाउपाले सरकारमा सहभागी हुन रेशमको रिहालाई मुख्य एजेण्डा बनाउँदै आएको थियो । तर रेशम रिहा नहुँदै उनकी पत्नी रञ्जिता मन्त्री बनेर सिंहदरबार छिरेकी छन् । यद्यपि रेशमको रिहाइका लागि सरकारले कानुनी व्यवस्था मिलाइरहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार ०७:१०