म प्रचण्ड भएको भए म त्यही गर्थें जो उनी गर्दैछन् । किनभने उनले यो व्यवस्थामा जे गर्न सके त्यो नै उनले गरेका हुन् । त्यस मानेमा उनले कुनै अस्वाभाविक काम गरेका छैनन् । व्यवस्थाले दिएको सबै फाइदा उठाउँने र आफु बलियो हुने काम गर्नु अस्वाभाविक होइन । हुन त उनले रुचाएको र चाहेको व्यवस्था यो होइन तर उनको ईच्छा विपरित पनि काम गर्नुपर्ने हुनाले उनले यसको सक्दो लाभ उठाएका हुन् । यस मानेमा यो व्यवस्थामा भएका सबैले उनलाई मानेर बसेका छन् ।
‘किन म प्रधानमन्त्री हुन इच्छा गरें ? किनभने मैले २०६३ देखि प्रधानमन्त्री हुने खालका मानिसहरूलाई प्रधानमन्त्री बनाएँ । तर उनीहरूबाट मैले अपजस सिवाय केही पाइन । तपाईंहरूलाई थाहै छ अस्ति भर्खरै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको कुरा सबैलाई थाहा छ । के देउवाले प्रधानमन्त्री हुने सबै इच्छा आकांक्षा त्यागेर बसिरहेको होइनन् ? तै पनि मैले केपी शर्मा ओलीको साथ छाडिदिए पछि देउवालाई प्रधानमन्त्री हुनुस् म समर्थन जुटाउँछु भनेर मनाइयो ।
सर्वोच्च न्यायालयले पनि सोझै देउवालाई नै प्रधानमन्त्री बनाउनु भनेर आदेश दियो । त्यो सबैको कारण मै थिएँ । सबै योजना सफल नै भयो । ओलीलाई प्रधानमन्त्री बनाउन मैले मेरो दललाई विलय गराएँ । कतिपय साथीहरूलाई यो कुरा चित्त बुझेको थिएन । तर मैले निर्णय गरेकोमा कसैले विरोध गर्न सकेनन् । ओलीले मलाई वास्ता नगरेर आफु खुशी गर्न लागे । मैले कति पटक भर्ने मलाई अलिकति काम देऊ । त्यसै बस्न म सक्दिन । १० वर्ष सम्म युद्ध लडेकोले केही न केही नयाँ बिचार गर्ने, नयाँ काम गर्ने बानी बसिसकेको छ ।
माधव नेपालसँगको रिस मलाई नपोख । माधवसित तपाईंका अनेक गुनासो होला किनभने तपाईंहरू एकटै दलमा काम गर्नु भएको हो । एमालेलाई आजका अवस्थामा ल्याउन उनको पनि हाथ होला । तपाईंको हाथमा आज सत्ता आयो भनेर आफ्नै नेता माधव नेपाललाई एकातिर नफाल्नुस् । तै पनि मेरो कुरा ओलीले सुनेनन् । माधव नेपालको रिस मसित पो पोखे ।माधव नेपाल जुन बेला एकपछि अर्को निर्वाचन हारे उनीलाई नै त्यो बेला प्रधानमन्त्री बनाइयो । पछि सम्म पनि काम लाग्छ भनेर मैले उनको लागि काफी दौडधुप गरें ।
हुन पनि ओलीको दृष्टिकोणबाट माधव नेपाल हैरान् भइसकेका थिए । त्यस मानेमा मलाई प्रधानमन्त्री बनाउने त प्रचण्ड पो निस्किए भनेर माधव नेपालले थाहा पाए । आखिर उनी आफ्नै साथीसित वाक्क दिक्क भएका थिए । उनीहरू एक अर्का प्रति उत्तिकै शत्रु मान्छन् जति साँच्चिकै शत्रु हुन्छन् । त्यसपछि झलनाथ खनाललाई प्रधानमन्त्री बनाइयो । उनी प्रधानमन्त्री हुँदा ओलीले एमालेमा अनेक लफडा निकाल्दै उनलाई उप्ठेरो पारे । झलनाथ मुखले ठिक्क पार्ने कामसाम केही नगर्ने मानिस ठहरियो । हिन्दुस्थानले कहिले बोलाएन भनेर ठुस्कँदै हिडे । आखिर कटुवालकाण्डमा म आफैको साथ छाडे ।
प्रधानमन्त्री बनाउँदा पनि आफ्नो मानिस नहुँदा रहे छन् । ओलीको चिप्लो कुरा सुनेर मैले दल पनि उनको दलमा मिलाएँ । उनलाई प्रधानमन्त्री पनि बनाएँ । तर उनले मेरो गुन कहिले मानेनन् । मलाई पागल जस्तो मान्छे बनाएर आफै राज चलाउने सुर गरे । त्यसपछि ओलीको साथ छाडेर देउवासित मिल्न गएको हो । उनी प्रधानमन्त्री भए पनि धेरै निर्णय त मैले नै गर्नु पर्थ्यो । अब त भएन भनेर म आफै प्रधानमन्त्री हुन्छु भनेर हिडें । नेपाली क्राँग्रेसका कतिपय नेताहरूले मेरो विरोध गर्न लागे ।
हुन त शेर बहादुर देउवाले व्यक्तिगत विरोध गरेको त होइन, तर उनी पनि दलको दवाबमा परेको छर्लङ्ग देखिन्थ्यो । त्यसकारण मैले आखिरि समय सम्म पनि गठबन्धनका मुख्य घटक र शेर बहादुर देउवालाई आखिरि मौका दिएको थिएँ । म पहिला प्रधानमन्त्री बन्छुभन्दा नेपाली क्राँग्रेस नमानेपछि म जुरुक्क उठेर केपी ओलीको घर पुगेको थिएँ र मेरो पुरा समर्थन गरे । त्यस पछि म प्रधानमन्त्री भएँ । त्यो सरकारलाई ९९ प्रतिशत सांसदको समर्थन प्राप्त भयो । केपीशर्मा ओलीको पुरा भर गर्न नसकेपछि दुई महिनामा नै मैले राष्ट्रपतिमा राष्ट्रिय सहमति बनोस् भनेर भन्दा ओली तैयार भएनन् ।
उनलाई प्रधानमन्त्री हुन मैले दुई पटक समर्थन गरेको थिएँ । एक पटक उनले मलाई सहयोग गरेका हुन् । त्यो कुरालाई मैले बिर्सेको छैन । त्यस मानेमा एउटा पैंचो उनले मलाई तिरेको अर्को बाँकी रहेको कुरा मैले संसदमा पनि बोलेको थिएँ । सबै दलहरूबीच यसरी एकता ल्याउन मैले कोशिस गरेको हो । सो कुरा पुरा भएको पनि हो । मेरो आफ्नो दल माओवादी केन्द्रमा रहेका नेताहरू पनि म देखि रिसाएर छाडेर गए । विप्लव, रामबहादुर, गोविन्द वैद्यले छाडेर गए । बाबुराम भट्टराईले पहिले नै छाडेर गएका थिए ।
म माथि भट्टराईले चाहिदों नचाहिँदो लाञ्छना लगाएर मैले करोडौ अरबौं रुपैयाँ खायो भनेर हिँड्न थाले । तर, धन्न उनको कुरा कसैले सुनेनन् । सुने पनि पत्याएनन् । हुन पनि भट्टराई त साँच्चिकै भारतको एजेण्ट हो भन्ने परेर मैले युद्धकालमै कार्यवाही गरेको थिएँ । तर संक्रमणकालीन न्याय दिने कुरा जब निस्क्यो त्यो बेला मेरा पुराना मित्रहरू सबै एकै ठाउँमा आए । रबि लामिछानेको नागरिकताको विवाद जब उठ्यो उनलाई बचाउन मैले गृहमन्त्री नै नियुक्त गरेको थिएँ । सर्वोच्च न्यायालयले उनको नागरिकता नै नक्कली ठहर्यायो र फलतः सबै पदबाट उनी मुक्त भए ।
उनको पासपोर्टबारे पनि विवाद उठ्यो र यो अहिलेसम्म कायम छ । उनको पासपोर्ट बारेमा मुद्दा चलाउने कि नचलाउने भने माहाधिवक्ताको फैसलामा छाडियो र मुद्दा नगर्ने निर्णय भयो । यो कुरा सबैमा ज्ञात छ कि उनको दल नेपाल स्वतन्त्र पार्टीले किन मेरो सरकारको समर्थनमा मतदान गरे । होइन भने महान्यायधिवक्ताले उनको विरुद्ध मुद्दा नलडने फैसला गर्यो । आखिर उनी पनि मेरै चंगुलमा आइपर्यो । नेपालमा साँच्चिको संसदीय व्यवस्था आएको भए नेपालको सबैभन्दा ठुलो दलको नेता नै प्रधानमन्त्री हुनु पर्थ्यो र हुन्थ्यो पनि । तर यहाँ त जसले अरुलाई लडाउन सक्यो ऊ नै प्रधानमन्त्री हुने भएकोले म आफै प्रधानमन्त्री भएको हुँ ।
यो सबै कुरा सुन्दा नेपालीहरूले बुझ्नुपर्ने कुरा के हो भने आखिर नेपालका राजाहरूले पनि प्रायः आफैं राजकाज नगरी प्रधानमन्त्री नियुक्ति गरेर राजकाज गर्ने गर्थे । परिस्थितिले मलाई पनि सो काम गर्ने मौका मिल्यो । तर नेपालीहरूले यी सबै बुझेर पनि पुरानै राजा चाहिन्छ भनेर किन कराई हिँडेका होलान् ? नयाँ राजाको स्वरुपमा म निस्किएको सबैले देखेकै हो । तै पनि लिङ्गदेनजस्ता मानिसहरूले एउटै रटान गरेर हिँड्दैछन् पुराना राजा चाहियो भनेर । यो कुराले भने मेरो मन अलि खल्बलिन्छ । कुनै दिन यो सत्यलाई बुझेर मानिसहरूले मलाई राजा मान्ने छन् भनेर नेपाली जनताको मन फर्कने छ ।
आदित्यमान श्रेष्ठ । काठमाडौं