प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले खेल पुन बराबरीमा ल्याएको छ।
आयुष घलानले २४ औ मिनेटमा बराबरी गोल फर्काएका हुन्।
उनले एरिक विष्टको पासलाई सदुपयोग गर्दै आकर्षक गोल गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सुरु भएको स्पर्धामा नेपाल दबाबमा रहँदा १७ औ मिनेटमा साङ्भिले डिफेन्सको कमजोरीको फाइदा उठाउँदै लाओसलाई अग्रता दिलाएका थिए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु दर्शकमाझ नेपाल सुरुवातमानै पछि परेको हो।
नेपालले आज सुरुवाती ११ मा तीन खेलाडी परिवर्तन गर्दै सुरुवात गरेपनि गोल खान पुगेको हो।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन्।
सत्यपाटी संवाददाता । काठमाडौँ