सूचनाको शक्ति - The Power Of Information

        

२ डीआईजीको सरुवा, बागमतीमा किरण, लुम्बिनीमा उमेश

नेपाल प्रहरीका २ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ।

डीआईजी उमेशराज जोशी र किरण राणाको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालयमा कार्यरत डीआईजी उमेशराज जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ।

त्यस्तै किरण राणालाई बागमती प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ। राणा यसअघि साइबर ब्यूरोमा दरबन्दी भइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत थिइन्।

टेकप्रसाद राई एआईजीमा बढुवा भएपछि लुम्बिनी प्रदेश प्रहरी प्रमुख रिक्त रहेको थियो भने दीपक थापा एआईजीमा बढुवा भएसँगै बागमती प्रदेश प्रहरी प्रमुख पनि रिक्त भएको थियो।

उता मधेश प्रदेश प्रमुख पनि रिक्त छ। तर त्यहाँ भने तत्काल कसैलाई पठाउने निर्णय भएको छैन।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १७:५८