सूचनाको शक्ति - The Power Of Information

        

मिटरब्याज पीडित र सरकारी टोलीबीच भोलि फेरि वार्ता हुने

मिटरब्याज पीडित र सरकारी टाेलीबीच भाेलि शनिवार फेरि वार्ता गर्ने गरी आज शुक्रवारकाे छलफल टुङ्गिएको छ ।

मिटरब्याज पीडितविरुद्ध सङ्घर्ष समितिका संयोजक मनोज पासवानका अनुसार उहाँहरूले बुझाएको १० बुँदे मागमध्ये आज पाँच वटा बुँदामा दफावार छलफल भएकाे र भोलि बिहान ११ बजे फेरि वार्ता गर्ने गरी आजको छलफल टुङ्गिएको छ ।

हिजो बेलुकी ६ बजे वार्ता बस्ने कुरा भए पनि यसअघि सरकारले गठन गरेको आयोगको प्रतिवेदन अध्ययन र छलफल गर्न समय लागेकोले आज बिहान १० बजे बस्ने भनिकाे वार्ता बिहान साढे ७ बजे नै सुरु भएको पनि पासवानले बताउनुभयो ।

मिटरब्याज पीडितको समस्या अहिले भर्खरको समस्या नभएको र यसअघि पनि सरकारसँग यस्तै प्रकृतिको मुद्दामा सम्झौता भएकोमा त्यस सम्झौतालाई सरकारले कार्यान्वयन नगरेका कारण अहिले आफूहरूले राखेको दश बुँदे मागमा मिहिन ढङ्गले दफावार छलफल भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १७:५५