सूचनाको शक्ति - The Power Of Information

        

पाको उमेरका पुरुष किन पर्छन् महिलाको रोजाइँमा ?

हरेक महिला आफ्नो पार्टनर आफुले सोचेजस्तो होस् आफुलाई माया गर्ने आफुलाई बुझ्ने खालको होस् भन्ने चाहन्छन् । त्यसैले युवतीहरु आफुभन्दा अलि बढी नै उमेर भएको पुरुषलाई मन पराउने गर्दछन् । तर कोहि युवती भने बिहे भएको पुरुषलाई मन पराउने गर्दछन् । हाम्रो समाजमा अधिकांस जोडीको उमेर ज्यादै फरक हुन्छ ।

केही अपवाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नैहुने गर्दछन् । खासमा पुरुषले आफूभन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरका पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् । हालसालै गरिएको एक अध्ययनले यस्तो देखाएको छ ।

सुरक्षित – केटीहरुले आफूभन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

समझदारी – महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ युवतीमा हुन्छहिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा युवती पाका उमेरका पुरुष छान्छन् ।

दुनियाँको ज्ञान – पाको उमेरका पुरुषमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा युवतीहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

शान्ति महसुस् – महिलाहरुछिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा युवतीहरु हुन्छन् । आफूलाई मानसिकरुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १३:०५