सूचनाको शक्ति - The Power Of Information

        

किन चिलाउँछ योनी ? यस्ता छन् घरेलु उपचार विधि

प्रायःसबैजसो महिलाहरु आफ्नो जीवनको कुनै न कुनै क्षणमा योनी चिलाउने समस्याबाट गुज्रिएका हुन्छन् । कहिलेकाँही यसो हुनु सामान्य भए पनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन ।

योनी चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ । तीमध्ये प्रमुख कारण योनी राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावी यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनी चिलाउँछ ।

योनी चिलाउने कारणहरु

१) तनाव : सुन्दा अचम्म लागे पनि यो सहि हो । किनकी तनावको कारणले गर्दा योनी चिलाउँछ ।

२) इस्ट संक्रमण – योनीमा यिस्ट इन्फेक्सनको कारणले पनि योनी चिलाउँछ । यिस्ट इन्फेक्सन हुँदा योनी वरिपरि सेतो दहि जस्तो ढुसी जम्मा हुन थाल्दछ जसको कारण योनी चिलाउँछ । जथाभावी यौन सम्बन्ध राख्नाले रोगसँग लड्ने क्षमता कमि हुनाले वा मधुमेहको बिरामीलाई इस्ट इन्फेक्सन हुने सम्भवना हुन्छ । इस्ट इन्फेक्सन भएको ठाँउमा रातो दाग देखा पर्न थाल्छ र त्यो ठाउँ सुख्खा भै चिलाउन थाल्छ ।

३) सुख्खा छाला – सुख्खा छाला भएको व्यक्तिमा पनि योनी चिलाउने समस्या बढी हुन्छ । छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा योनी वरिपरिको छाला सुख्खा हुन जान्छ र चिलाउन थाल्छ ।

४) यौन संक्रमण – धेरै जनासँग यौन सम्पर्क गर्नाले यौन रोग लाग्ने मात्रै नभै योनी चिलाउने समस्या पनि शुरु हुन सक्छ ।

यी बाहेक योनीमा हुने संक्रमण चोटपटक महिनावरी बन्द हुनु आदि जस्ता कारणहरुले गर्दा पनि योनी चिलाउने समस्या हुन सक्छ । यदि तपाईमा पनि योनी चिलाउने समस्या छ भने निम्न घरेलु विधि अपनाएर यो समस्याबाट मुक्त हुन सक्नुहुन्छ ।

१) सबैभन्दा पहिले के कारणले गर्दा योनी चिलाएको हो त्यो थाहा गर्नुहोस् । यदि धेरै जनासँग यौन सम्पर्कले यो समस्या भएको हो भने सबैभन्दा पहिले त त्यस्तो कार्य तुरुन्त बन्द गर्नुहोस् ।
२) कुनै रसायनिक पदर्थको प्रयोगबाट जस्तै पर्फुमको प्रयोगले भो भने सो प्रयोग बन्द गर्नुहोस् ।
३) बास्नादार तावेल वा बाथ टबमा नुहाउँदा भएको हो भने त्यसो गर्न छाड्नुहोस् ।
४) सुतिको पेन्टि मात्र प्रयोग गर्नुहोस् र चिलाइ निको नभएसम्म राति सुत्दा पेन्टि नलगाउनुहोस् ।
५) चिलाउन निको नभएसम्म यौन सम्पर्क नराख्नुहोस । राख्नै परे कन्डमको प्रयोग गर्नुहोस् । ६) योनी सुख्खा हुने समस्या छ भने यौन सम्बन्ध राख्दा चिप्लो बनाउने जेलको प्रयोग गर्नुहोस् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १२:५८