सूचनाको शक्ति - The Power Of Information

        

यौन प्यास मेटाउन नेपाली युवायुवतीका लागि ‘सेक्स टोय’ !

भाइवर, फेसबुकमा म्यासेज आउँछ, ‘मलाई पेनिस, टाइटेनिङ जेल ल्याइदिनुपर्यो ।’ तर, उनले आफ्नो नाम सत्य बताउँदिनन् । साथी अथवा आफन्तलाई चाहिएको बताउँछन् । आफ्नो फोन नम्बर पनि भाइबरमै हालिदिन्छन । र, त्यो सामान ल्याउनका लागि घर बाहिरको एक्लो ठाउँमा पुग्छन् ।

यस्तो सामान मगाउने युवतीहरु हुन् । पेनिस सम्भोग गर्ने कृत्रिम साधन हो भने टाइटेनिङ जेलले योनीलाई टाइट बनाउने काम गर्छ । अनलाइन बिजनेश ‘मेरो सपिङलाई’ दिनकै यस्ता म्यासेज र अर्डरहरु आइरहन्छन् । समयको रफ्तारसँगै मानिसको जीवनशैली र दैनिकी पनि फेरिँदो छ ।

फेरिँदो जीवनशैलीसँगै सेक्सका नयाँ नयाँ तरिकाहरु बिकसित हुँदैछन् । सम्भोगका यस्ता कृत्रिम साधन प्रयोगमा नेपाली युवती पनि अभ्यस्त बन्दैछन् । सेक्सटोयहरुको प्रयोग पुरुषले भन्दा महिलाले बढी गर्ने मेरो सपिङको व्यापारले देखाउँछ । यतिसम्मकी १७ वर्षका युवतीहरुले समेत टाइटनिक जेल मगाउँछन् ।

अधिकांश १७ देखि २५ वर्षसम्मका युवतीमा यसको आकर्षण रहेको छ । ‘सेक्स टोय’का पनि विभिन्न सामाग्री विकसित भएका छन् । स्वचालित पेनिसदेखि स्तन, भेजिना मसाजरको सामाग्री नेपाली बजारमा छ । यस्तै सामग्रीको बढी अर्डर आउने मेरो सपिङका संचालक सिताराम रिमालले बताए ।

उनका अनुसार, काठमाडौं, धरान, पोखरा, नेपालगन्ज, बीरगञ्ज, बुटवल झापाका युवतीहरुबाट यस्ता सामग्रीको निकै अर्डर आउने गरेको छ । रिमालका अनुसार, यस्ता सामग्रीहरु महिनामा ५०, ६० वटा बिक्री हुने गरेको छ । महिनामै १०० भन्दा बढी सामाग्री बिक्री भएको उनले बताए । अहिने सेक्स टोयको माग अत्याधिक रुपमा आउन थालेको रिमालको अनुभव छ ।

पुरुषहरुले भने यौन बद्र्धक औषधीको माग गर्छन् । कसैले त सम्बन्धित ठाउँमै पुगेर ल्याउँछन् । मेरो सपिङका एक कर्मचारीले भने, ‘कतिपयले त यस्ता औषधीको पनि माग गर्छन्, जुन औषधी बेच्न सरकारले अनुमति नै दिएको छैन ।’

युवतीमै किन आकर्षण ?

अहिलेका अधिकांश युवतिहरुले बिहे अगाबै सेक्स सम्बन्ध राख्ने गर्दछन् । बिहेपछि आफ्नो लोग्नेसामु भर्जिनिटी प्रस्तुत गर्नसमेत टाइटनिक जेलको प्रयोग गर्ने पाइएको छ । कम उमेरका युवतीहरुले समेत यस्ता सामग्री मगाउने भएकाले, उनीहरुले यौन क्रियाकलापलाई आनन्ददायी बनाउन टाइटनिक जेल प्रयोग गर्ने अनुमान लगाउन सकिन्छ ।

कतिपर्छ मूल्य ?

यौन खेलौनाहरुको मूल्य नेपाली बजारमा खासै महंगो छैन । पेनिस भाइब्रेटरको मूल्य तीनदेखि छ हजार रुपैयाँसम्म पर्छ भने एक हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा भेजिना जेल प्राप्त गर्न सकिने मेरो सपिङले जनाएको छ ।

नेपालबाटै मगाउँछन् भारतीय

यस्ता सेक्स टोयहरुको भारतीयहरुमा समेत उत्तिकै आकर्षण छ । उनीहरुले आफ्नो प्रडक्टहरु मगाउने गरेको मेरो सपिङले बतायो । भारतमा यस्ता सामान प्रयोग गर्नलाई गैरकानूनी मानिन्छ । त्यसैले गर्दा नेपालबाट उनीहरुले सेक्स टोय मगाउने गरेको छन् । अधिकांश तराईका जिल्लाहरुमा से’क्स सामग्री जाने गरेको पनि मेरो सपिङले जानकारी दियो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १०:०१