सूचनाको शक्ति - The Power Of Information

        

हिमालय एयरलाइन्सका तीन ‘क्याबिन क्रु’ बर्खास्त

नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रुलाई बर्खास्त गरेको छ ।

हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले हिमालय एयरलाइन्सका चालक दललाई बिहीबार बर्खास्त गरेको हो ।

प्राधिकरणले सामाजिक सञ्जाल ट्वीटरमार्फत ती क्याबिन क्रुहरुले उडानभित्रको फोटोग्राफी र भिडियोग्राफीमा क्यानको मापदण्डको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ ।

उड्डयन मापदण्ड अनुसार उडिरहेको जहाजमा क्याबिन क्रुहरुले फोटो तथा भिडियो खिच्न पाइँदैन । यद्यपि, बर्खास्तीमा परेका ती क्याबिन क्रुहरुको परिचय भने प्राधिकरणले गोप्य राखेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ०८:३०