प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिको लागि आज नेपाल र लाओसले फाइनल खेल्दैछन् ।
खेल शुक्रबार साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।
दोस्रो स्थानमा रहेको लाओसले नेपालसँगको फाइनल भेट पक्का गरेको हो । भुटान भने लिग चरणबाट बाहिरिएको छ। ्
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ