सूचनाको शक्ति - The Power Of Information

        

ठूला भन्सार नाकामै सर्वत्र चोरी पैठारी

पछिल्लो डेढ महिनायता विभागीय मन्त्री नभएको र राजनीतिक माहोल पनि अन्तै मोडिएको मौका छोपी भन्सार नाकाहरूबाट ठूलो मात्रामा चोरीपैठारीका घटना भइरहेका छन् ।

मंसिर ४ को आम निर्वाचनपछि दलहरूबीच गठबन्धन बन्ने र भत्किने क्रम चल्दा पछिल्लो डेढ महिना गृह र अर्थमन्त्री दुवै छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल दुवै मन्त्रालय सम्हालेका छन् ।

यही अवधिमा सरकार र दलहरूको ध्यान प्रधानमन्त्रीको विश्वासको मत, राष्ट्रपति निर्वाचनदेखि मन्त्रिपरिषद् विस्तारसम्म भएको छ । विभागीय मन्त्री नहुनु र सरकारको ध्यान पनि यिनै विषयमा केन्द्रीत रहेको मौका छोपी भन्सार नाकाहरूबाट चोरीतस्करीका घटना बढेका हुन् ।

पछिल्लो एक साताको अन्तरालमा राजस्व अनुसन्धान विभागले कर छलीको शंकामा १९ वटा मालबहाक ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज, विराटनगर, भैरहवा र रसुवा भनसारजस्ता मुलुकका प्रमुख भन्सार नाकाबाट छुटेका ट्रक नियन्त्रणमाा लिइएको हो ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ०७:२२