सूचनाको शक्ति - The Power Of Information

        

भाका सारेको सार्‍यै प्रधानमन्त्री

गत सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने आश्वासन बाँडेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनपटक आफ्नो भाका सारिसक्नुभएको छ ।

१० दलीय गठबन्धन बनाएर ११ दलको समर्थन पाएका प्रधानमन्त्री दाहालले दिनुभएको बिहीबारको अन्तिम भाकासमेत सरेको छ ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार, त्यसपछि बुधबार र पछिल्लोपटक बिहीबार गरी तीनपटक मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा दलहरूलाई आश्वस्त पार्नुभएको थियो ।

बिहीबार सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डाको सहमति जुटेको बताइए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार ०७:१३