आज बाट देशभर एसइई परीक्षा सुरू हुँदैछ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका ८५ हजार तीन सय ८१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। आज पहिलो दिन विद्यार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिँदैछन्।
परीक्षा बिहान ८ बजेदेखि सवा दश बजेसम्म चल्ने छ। गणित विषयको परीक्षाको समय तीन घण्टा तोकिएको छ भने, अन्य विषयको परीक्षाको समय सवा दुई तोकिएको छ।
यहाँका १२ जिल्लामा तीन सय ३४ परीक्षाकेन्द्र तोकिएको छ। यसपालिकाको एसइईमा लुम्बिनी प्रदेशबाट ८५ हजार तीन सय ८१ विद्यार्थी सहभागी हुन थालेको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थले जानकारी दिए।
यस वर्षको एसइईमा सहभागी हुने सबैभन्दा बढी विद्यार्थी रुपन्देही जिल्लाका छन्। रुपन्देहीमा ५६ वटा परीक्षा केन्द्र छन् भने त्यहाँबाट १८ हजार ७ सय ४० विद्यार्थी सहभागी हुँदैछन्।
त्यसपछि दाङ जिल्लामा ४५ वटा परीक्षा केन्द्र रहेकोमा १३ हजार ४ सय ४८ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। सबैभन्दा कम विद्यार्थी रुकुम पश्चिम जिल्लामा छन्। जहाँ ८ वटा परीक्षा केन्द्र छन् भने एक हजार ९८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।
नवलपरासीमा २२ परीक्षा केन्द्रमा ६ हजार ६२, पाल्लामा २७ परीक्षा केन्द्रमा ४ हजार पाँच सय ४६, गुल्मीमा २८ परीक्षा केन्द्रमा ४ हजार ७ सय २२, अर्घाखाँचीमा १७ परीक्षा केन्द्रमा ३ हजार २ सय ७५ विद्यार्थी सहभागी हुँदैछन् । कपिलवस्तु जिल्लामा २९ वटा परीक्षा केन्द्र छ। जहाँ ८ हजार ६ सय ९९ विद्यार्थी सहभागी हुँदैछन्।
यस्तै, रोल्पामा १९ परीक्षा केन्द्रमा ४ हजार ५१, प्युठानमा १६ परीक्षा केन्द्रमा ४ हजार एक सय ७२, बाँकेमा ३३ परीक्षा केन्द्रमा ८ हजार ८ सय ८६, बर्दिमा ३४ परीक्षा केन्द्रमा ७ हजार ६ सय ८२ विद्यार्थी सहभागी हुँदैछन्।
सत्यपाटी संवाददाता । बाँके