सूचनाको शक्ति - The Power Of Information

        

तनहुँ र चितवनमा कांग्रेसका उम्मेदवार फाइनल

नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । बारामा भने कांग्रेसले उम्मेदवार तय गरेको छैन ।

त्यहाँ सत्ता गठबन्धनका तर्फबाट जसपाका उपेन्द्र यादवलाई सघाउने कांग्रेसको तयारी छ । यस्तै रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १२:२९