सूचनाको शक्ति - The Power Of Information

        

नाबालिग छोरीको योनी छेदन गर्ने कस्तो निर्दयी संस्कार ?

संस्कार नै निर्दयी छ, जसले मानवीय व्यवहार गर्न सकेको हुन्न । केही यस्ता संस्कार छन् जो सुन्दा पनि अचम्ममा परिन्छ । महिलाको यो नी छेदन गर्ने एक निर्दयी संस्कारलाई कानूनी रुपमा प्रतिबन्ध लगाए पनि अभै पनि विश्वका कतिपय देशहरुमा यो प्रचलन कायमै छ ।

भारतको एउटा सानो बोहरा मुस्लिम समुदायमा यो कुप्रथा अभै पनि विद्यमान छ । बोहरा समुदायका महिलाहरुले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस कुसस्कारलाई हटाउन विभिन्न अभियान चालेका छन, तथापी यस कुप्रथामा कुनै कमी आएको छैन् ।

जसका कारण अधिकांश महिला स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । मासुमा रानालभी सात वर्षकी हुँदा उनकी हजुरअमाले आइसत्रिम र चकलेट किनिदिने प्रलोभन देखाएर घर बाहिर लैजान्छिन् । चकलेट खाने भन्दा उनीमा गदगद हुन्छिन् ।

म निकै खुसी थिए । तसर्थ उनीसँगै म हिडें, उनी स्मरण गर्छिन् । उनीहरुले मेरो यो नी तन्काएर केही चिज काटे । मलाई खपिनसक्नु पिडा भयो । डरले चिच्चाए । त्यसपछि उनीहरुले काटेको ठाउँमा केही कालो पाउडर छर्किदिए ।

‘हजुरआमाले मलाई एउटा पुरानो र जीर्ण भवनमा पुर्याएपछि भने मेरो मनमा चिसो पस्यो । त्यसपछि उनले मलाई एउटा कोठामा लगिन् । मलाई भुइँमा ओछ्याइएको एउटा कार्पेटमा बस्न लगाइयो । तत्कालै मेरो पाइन्ट खोलियो, सो घटनाबारे उनी बेलिबिस्तार लगाइन् ।

उनले मेरो हात समाइन् भने अर्की महिलाले खुट्टा । त्यसपछि उनीहरुले मेरो योनी तन्काएर केही चिज काटे । मलाई खपिनसक्नु पीडा भयो । डरले चिच्चाए । त्यसपछि उनीहरुले काटेको ठाउँमा केही कालो पाउडर छर्किदिए । पाइन्ट लगाइदिए र हजुरआमाले मलाई घर लगिन् । यो घटना ठीक ४० वर्ष अगाडिको हो ।

सो घटना सम्झेर रानालभी पनि दुखित र लज्जाबोध हुन्छिन् । यसै महिना उनी लगायत अन्य पीडित महिला महिलाको गुप्तांग छेदन (पिमेल जेनिटिय मल्टिलेसन अर्थात एमएमजी) विरुद्ध अभियानमा संलग्न भएकी छिन् । किनभने अहिले पनि यो संस्कार विद्यमान छ ।

चिकित्सकीय कारण छैन

एपएमजी अन्तरगत महिलाको यौन अंगलाई आशिक वा पूर्णरुपमा छेदन गरिन्छ । छेदनको कुनै चिकित्सकीय कारण छैन । रानालभीका अनुसार यो संस्कार पूर्णरुपमा पितृसत्तात्मक सोचमा आधारित रहेको छ ।

योनिच्छेद गरेपछि महिलाको यौन शत्ति घट्ने र बाहिर केटासँग बरालिंदै नहिड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कुसंस्कारले जरा गाडेको उनको भनाई छ महिलाको यौन इच्छा नियन्त्रण गर्नु र उनलाई यौन कार्यमा कम आनन्ददायी बनाउनु यसको मुख्य उद्देश्य हो, उनी भन्छिन् ।

कुनै बेला अप्रिका र मध्येपूर्वका विभिन्न देशहरुमा एपएमजी गरिन्थ्यो । तर भारत, पाकिस्तान, श्रीलंकामा भने यसलाई निकै गोप्य रुपमा राखियो । यो प्रथा इन्डोनेसियामा पनि विद्यमान रहेको बताइन्छ । त्यहाँ कानूनीरुपमा नै यो प्रथालाई स्वीकार गरिएको छ । यमनको एउटा सिया समूह बोहरा १६ औ शताव्दीतिर भारतमा आएको थियो ।

उनीहरुले अहिले गुजरात र महाराष्ट्रमा बसोबास गर्छन् । करिब १० लाख जनसंख्या भएको यो समुदाय आफैमा समुन्नत छ । तापनि उनीहरु यो कुरुती र कुप्रथाबाट माथि उठ्न सकेका छैनन् । जसका कारण यो समुदायका अधिकांश व्यत्ति शारीरिक र मानसिक रुपमा अस्वस्थ हुन थालेका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १२:१५