सूचनाको शक्ति - The Power Of Information

        

भारतका पृथकतावादी नेता सिंहले आत्मसमर्पणका लागि राखे ३ सर्त

भारतका पृथकतावादी नेता अमृतपाल सिंहले आत्मसमर्पणका लागि ३ वटा सर्त अघि सारेका छन् ।

भारतकाे पञ्जाव प्रान्तलाई छुट्टै स्वतन्त्र खालीस्तान राज्य बनाउनुपर्ने मुद्दालाई पुनः उठाएर चर्चामा आएका नेता सिंहले आत्मसमर्पणका लागि ३ वटा सर्त अघि सारेका हुन् । भारतमा दुई हप्तादेखि सर्वाधिक खोजी गरिएका सिंहले भिडियो सन्देश जारी गर्दै सरकार समक्ष ३ वटा सर्त राखेका हुन् ।

उनले राखेका शर्तमा प्रहरी हिरासतमा कुटपिट गर्न नपाइने, आफूलाई पञ्जावकै जेलमा राखिनुपर्ने र आत्मसमर्पणलाई पक्राउ भन्न नपाइने सर्त राखेका हुन् । ‘वारिस पञ्जाव दे’ नाम संगठनका प्रमुख रहेका ३० वर्षीय सिंह यहि मार्च १८ देखि फरार भएका छन् ।

सिंह भारतको उत्तराखण्ड हुँदै नेपाल प्रवेश गरेको र अहिले नेपालमै लुकेर बसेको आशंका भारतीय सुरक्षाकर्मीले गरेको छ । यता काठमाडौंस्थित भारतीय दूतावासले नेपाल सरकार र नेपाल प्रहरीलाई सिंह नेपालमै लुकेको भन्दै खोजीका लागि सहयोग गर्न भनिसकेको छ ।

सिंहले पञ्जावको चण्डीगढस्थित स्वर्ण मन्दिरबाट आत्मसमर्पण गर्ने योजना बनाएको भन्दै पञ्जावमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार ०८:४७