मोदी इनर्जी लिमिटेडको आइपीओमा आयोजना प्रभावित स्थानीयले आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ।
आज चैत १६ गते बैंकिङ समयपश्चात आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री बन्द हुने कम्पनीले जानकारी गराएको छ।
मोदी इनर्जीले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो।
मोदी इनर्जीको आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई भने चैत ९ गतेसम्म आइपीओ बिक्री खुला भएको थियो। कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १०% अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो।
यसमा पर्वत जिल्ला अन्तर्गत कुश्मा न.पा- ३, मोदी गा.पा वडा नं- ५, २, ६ र कुश्मा न.पा- ८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ। यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ। आयोजना प्रभावितले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक र कुमारी बैंकको कुस्मा, पर्वत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘आइआरएन डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ।
सत्यपाटी संवाददाता । काठमाडौँ