नेपाल राष्ट्र बैंकले आज चैत १६ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ ०५ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ६७ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?
सत्यपाटी संवाददाता । काठमाडौँ