सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रालय टुंग्याउन गठबन्धनको बैठक बिहान ८ बजे

सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ ।

बुधवार बिहान र साँझ बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बारेमा छलफल गरे पनि निर्णयमा पुग्न नसके पछि गठबन्धनको बैठक आज बिहान बस्न लागेको हो ।

हिजो साँझ बसेको बैठकमा उपस्थित दलले आ-आफ्नो दाबी प्रस्तुत गरेको भए पनि कुन दलले कति वटा र कुन-कुन मन्त्रालय पाउने निर्णय नभएकाले बिहीबार बिहान बैठक बोलाइएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार आजको बैठकबाट मन्त्रालयको संख्या र मन्त्रालयको भागबन्डा हुनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार ०७:०६