सूचनाको शक्ति - The Power Of Information

        

एआईजीहरुको पदस्थापन, कसले पाए कहाँको जिम्मेवारी ?

नेपाल प्रहरीका नवनियुक्त एआईजीहरुको पदस्थापन भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हालै बढुवा भएका ४ एआईजीहरुको पदस्थापन गरेको हो ।

जसअनुसार एआईजी दीपक थापाले प्रशासन विभाग, श्यामलाल ज्ञवालीले उपत्यका प्रहरी कार्यालय, टेक प्रसादराईले प्रहरी प्रशिक्षण प्रतिष्ठान र किरण बज्राचार्यले केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मेवारी पाएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरु आईजीपी वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । बढुवा भएपनि उनीहरु आईजीपी बन्नबाट भने रोकिएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १८:००