भेरी अस्पताल नेपालगन्जले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम संचालन गर्न स्वीकृत पाएको छ ।
स्वीकृती पाएसँगै अब भेरी अस्पतालमा एमडी/एमएसको पढाई हुने भएको छ । संघीय अस्पताल भएपनि यसअघि भेरी अस्पतालमा शैक्षिक कार्यक्रमहरु संचालन हुन पाएका थिएनन् ।
भेरी अस्पतालको मातहतमा उनीहरुले एमडी/एमएसको अध्ययन पूरा गर्नेछन् । योसँगै भेरी अस्पतालको सेवा प्रवाहमा गुणात्मक सुधार आउने अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.राजन पाण्डेले जानकारी दिए ।
‘सरकारले भेरी अस्पतालाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम संचालन गर्न स्वीकृत गरेपछि अस्पतालका मेसु डा.बद्री चापागाईले अस्पतालबाट बिरामीले पाउने सेवामा गुणात्मक सुधार आउने विश्वास व्यक्त गरे ।
‘एमडी/एमएस अध्ययन गर्नेहरु बनिसकेका डाक्टर नै हुन् उनले भने-‘बनिसकेका डाक्टरहरुले प्रदान गर्ने सेवा गुणस्तरीय र स्तरीय नै हुन्छ ।’ न्याम्सको आंगिक अस्पताल कायम गरी शैक्षिक गतिविधि संचालनका लागि गएको फागुन २२ गते भेरी अस्पतालका मेसु डा.चापागाईले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएका थिए ।
पत्र पठाएको करिब तीन सातापछि सरकारले शैक्षिक गतिविधि संचालनका लागि भेरी अस्पतालसँगै भरतपुर अस्पताललाई स्वीकृति दिएको हो । भेरी अस्पतालले आफ्नो सेवा प्रवाहलाई गुणस्तरीय र सरलीकृत बनाउँदै लगेको छ ।
पाँच सय शैयाको अस्पताल बनाउने गरी अगाडि बढेको अस्पतालले आफ्नो सेवा प्रवाहलाई बिरामीमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको जनाएको छ ।
सत्यपाटी संवाददाता । बाँके