सूचनाको शक्ति - The Power Of Information

        

कृषि शाखा कोहलपुरद्वारा उन्नत वीउ माग गर्न आब्हान

बाँकेको कोहलपुरमा रहेको नगर कृषि शाखाले किसानहरुलाई धान र मकैको वीउ ५० प्रतिशत अनुदानमा दिने गरि एक सुचना जारी गरेको छ ।

खाद्यान्न बालीमा उन्नत वीउ अनुदान अन्तर्गत वितरण गरिने बिभिन्न जातका वीउका लागि चैत्र ३० गते भित्र किसान, कृषि सहकारी तथा कृषि फर्महरुलाई तोकिएको ढाँचामा निबेदन पेश गर्न भनिएको छ ।

धानका जातहरुमा राधा ४, राधा १४ बहुगुणी, रामधान, सावा मनसुली, सावा मनसुली सव १ माग गर्न सकिने छ भने मकैका जातहरुमा रामपुर कम्पाजिट र हाईब्रेड बहायक अन्य जातहरु उल्लखे गरि निबेदन पेश गर्न सकिने छ ।

निबेदनका साथ कृषि समुह, कृषि सहकारी र कृषि फमहरुले दर्ताको प्रमाणपत्रको प्रतिलिपी र नियमानुसार नविकरण सुचिकृत भएको हुनुपर्नेछ भने कृषक समुह तथा कृषि सहकारीले वीउ मागको निर्णय समेत पेश गर्नुपर्नेछ ।

यसैगरि ब्यक्तिको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र जग्गा धनि पुर्जाको प्रतिलिपी पेश गर्नुपर्नेछ । बुधवार कोहलपुर नगरपालिका नगरकार्यपालिकाद्वारा जारी सुचना बमोजिम जात, क्षेत्रफल र परिणाम खुलाई माग गर्न निबेदनको ढाँचा नगर कृषि शाखाबाट उपलब्ध हुने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १७:३९