सूचनाको शक्ति - The Power Of Information

        

म्यानमारमा प्रजातन्त्रवादी नेतृ सुकीको पार्टी विघटन

 म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) विघटन गरिदिएको छ ।

सैनिक सरकारको नियन्त्रणमा रहेको त्यहाँको निर्वाचन आयोगले तोकेको नयाँ मापदण्ड अनुसार आयोगमा दर्ता हुन नसकेपछि एनएलडी खारेज भएको हो ।

एनएलडीसहित अन्य ४० वटा पार्टी पनि आयोगको मापदण्ड पूरा गर्न नसक्दा खारेजीमा परेका छन् ।

सैनिक सरकारले गत जनवरीमा राजनीतिक पार्टीहरुलाई मापदण्ड पूरा गरेर आयोगमा दर्ता हुनका लागि दुई महिनाको समय दिएको थियो ।

एनएलडीले जेलमा रहेका आफ्ना नेताहरुको रिहाइ नभई सैनिक सरकारले गराउने निर्वाचनमा समेत भाग नलिने बताएको छ ।

सन् २०२० मा भएको निर्वाचनमा एनएलडीले भारी बहुमत प्राप्त गरेको थियो । तर, सेनाले निर्वाचनमा ब्यापक धाँधली भएको आरोप लगाउँदै निर्वाचित सरकारलाई सत्तारोहण हुनबाट रोक्दै शासन आफ्नो हातमा लिएको थियो ।

एनएलडीकी नेतृ सुकीलाई ३३ वर्षको कारागार सजाय सुनाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ०८:३५